आज :

गौर घटनाको जिम्मा लिएकी मन्त्री यादवलाई बर्खास्त गर्न ज्ञापनपत्र

काठमाडौँ । गौर घटनाको जिम्मा लिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाइएको छ ।

मन्त्री रेणुकै जिल्लाबासी रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन् । मन्त्री यादवको अभिव्यक्तिले मानव अधिकारको अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको भन्दै ज्ञापनपत्रमा बर्खास्त गर्न माग गरिएको छ । त्यस्तै, मन्त्रीको अभिव्यक्तिले नेपालको संविधानविरुद्ध भएको समेत दाबी गरिएको छ ।

लोकतन्त्रमा विश्वास गर्ने, बिमति राख्नेलाई सम्मानपूर्वक आफ्ना विचारलाई सही दिशामा अगाडि बढाउँदै जनमत निर्माण गरी आफू सही रहेको र बिमतिलाई सहमतिमा परिवर्तन गर्नेमा विश्वास गर्ने भएकोले राजनीतिमा अपराधको ठाउँ नहुनेमा विश्वास गर्ने भएकाले आफ्नो जिम्मेवारी र जनताप्रतिको दायित्व सम्झी ज्ञापन बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

मन्त्री यादवले ५ माघमा रौतहटमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतको ह त्या गर्ने धम्की दिएकी थिइन् । त्यतिमात्र होइन २०६३ सालमा माओवादी नेता कार्यकर्ताको सामुहिक हत्या गरेको गौर घटनाको दोहोर्याउने समेत चेतावनी दिएकी थिइन् । गौर घटनाको जिम्मा लिएको भन्दै मन्त्री यादवलाई बर्खास्ती माग उठ्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal