आज :

कोरोना भाइरस संक्रमणबाट ८ जनाको मृत्यु, थप १२ हजार जनामा संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण भइ विभिन्न अस्पतालमा उपचाररत ८ जनाको निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६६७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ ।

आज कोरोना संक्रमण मुक्त हुनेको संख्या पनि बढेको छ । २४ घण्टामा तीन हजार ४० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २७ हजार २७९ पुगेको छ । अब देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ८१७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज पनि सबैभन्दा धेरै काठमाडौंमा चार हजार ८७५ जना संक्रमित भएका छन् । दोस्रोमा ललितपुर ७८२ र भक्तपुरमा ५१५ संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै मोरङमा ४४२, कास्कीमा ३११, सुनसरीमा २९१ र रुपन्देहीमा २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काभ्रेमा २१२, कैलाली र झापमा १६७/१६७, चितवनमा १५०, बाँकेमा १२१, मकवानपुरमा १०६, दाङ ६७, कञ्चनपुर ५९, सुर्खेतमा ४८ नवलपरासी पूर्व ४६, सिराहा ४२, धनुषा ४४, पाल्पा ४०, स्याङजा ३७, नवलपरासी पश्चिम ३२, बर्दिया ३०, गोरखा २६, धादिङ २५, सर्लाही २३ तथा अर्घाखाँचीमा २२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal