
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ उपचारबाट स्वदेश फर्किएका छन् । सोमबार साँझ ७ बजेर ५० मा हिमालयन एयरलाइनको स्वास्थ्य सामाग्री बोकेको कार्गो विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
नेता पुनलाई माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले स्वागत गरेका थिए । नेता पुनसँगै उपचारमा सहयोग गर्दै आएकी जीवनसंगनी ओनसरी घर्ती पनि सँगै फिर्ता भएकी छन् ।