आज :

एमालेजनलाई दुखद् खबरः अब चुनाव चिन्ह सूर्य राख्‍न नपाउने, निर्वाचन आयोगले गर्‍यो यस्तो निर्णय

काठमाडौं । नेकपा (एमाले) ले चुनाव चिन्ह सूर्य नपाउने अवस्था सिर्जना भएको छ । एमालेको पहिचान बनेको सूर्य नपाउने गरी निर्वाचन आयोगले निर्णय गरेको छ ।

आयोगले नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने निर्णय गरेको छ । यो निर्णयसहित आयोगले राप्रपालाई गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई विधानमा उल्लेख गर्न पत्राचार नै गरिसकेको छ । गाई राष्ट्रिय जनावर भएकोले चुनाव चिन्ह राख्न नपाइने आयोगले जनाएको छ ।

आयोगले २०७७ माघ ७ गते निर्णय भएको भन्दै राप्रपालाई पठाएको निर्णयसहितको पत्र हेर्दा एमालेले पनि सूर्य चिन्ह नपाउने भएको हो । आयोगले सिधैं सूर्य चिन्ह नपाउने त भनेको छैन तर राष्ट्रिय झण्डामा सूर्य अंकित भएकोले एमालेले पाउन नसक्ने बताइएको छ ।

राप्रपालाई निर्वाचन आयोगले गाई चिन्ह नपाएसम्म दल दर्ता गर्न नसक्ने बताएको छ । उद्यपी राप्रपाले भने आयोगको निर्णयविरुद्ध अदालत जाने बताइसकेको छ । राप्रपालाई अदालतको मागअनुसार फैसला नगरे एमालेको चुनाव चिन्ह खारेजीको लागि उजुरी पर्न सक्ने र आयोगले खारेज गर्न सक्ने बताइएको छ ।

निकट भविश्यमा हुन लागेका तीनवटै तहको निर्वाचनलाई आयोगकले निर्णयले असर पार्ने देखिन्छ । आयोगको निर्णयविरुद्ध राप्रपाले आदालत जाने सार्वजनिक रुपमै बताइसकेको छ तर यस्ता मुद्दामा ढिलो फैसला आउने गरेका छन् ।

यसैबीच पर्सी हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनको आजबाट मौन अवधि शुरु भएको छ । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल भएको छ भने एमाले एक्लै भिडेको छ । मधेस प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादीसँग सहकार्य गरेको छ ।

रिक्त १९ सिटमा ४३ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनका कारण एमाले यो पटक राष्ट्रियसभामा एक सिट पनि नजित्ने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal