आज :

माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी पास नगर्ने, अध्ययन कार्यदल बनाउने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पास नगर्ने बताएको छ । एमसीसीबारे सुझाव दिन अध्ययन कार्यदल बनाउने निर्णय गरेको छ  ।

शनिबार बसेको स्थायी समिति बैठकले कार्यदल बनाएर अध्ययन गर्ने र सो कार्यदलको सुझावको आधारमा पार्टीको आधिकारिक धारण बनाउने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले कार्यदलको सुझाव लिएर आवश्यक परिमार्जन गरेर अघि बढ्ने जानकारी दिए । सुझाव नआएसम्म एमसीसीबारे पार्टीले थप निर्णय नगर्ने महराले बताए ।

त्यसैगरी बैठकमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको प्रवक्ता महराले जानकारी दिए । उनले तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको र आजै बस्ने संयन्त्रको बैठकमा पनि छलफल गरिने बताए ।

आजै बस्ने सत्ता गठबन्धनको संयन्त्रको बैठकमा छलफल भएपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने महराले बताए ।

निर्वाचन आयोगले बैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न सकिने प्रस्ताव गरेको थियो । सोही समयमा निर्वाचन गर्नेबारे सत्तारुढ दलका नेताहरुले छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal