आज :

आज राती १२ बजेबाट उपत्यकामा सवारी सधानमा जोर बिजोर, भिडभाड झन् बढ्ने चिन्ता

काठमाडौं । कोरोना भाइरस संक्रमणको तेस्रो लहरको केन्द्र बनिरहेको काठमाडौं उपत्यकामा आजबाट सवारी सधानमा जोर बिजोर प्रणाली लागु हुने भएको छ ।

बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बैठकले  शुक्रबार राति १२ बजेबाट लागू हुने गरी उक्त निर्णय गरेका हुन् । सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् ।

त्यस्तै, सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।

तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू नहुने निर्णय समेत गरेको छ ।

भिडभाड कम गर्न सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने निर्णय समेत गरिएको छ ।

तर जोर बिजोर प्रणालीले सार्वजनिक सवारी साधानमा झन कोचाकोच र भिडभाड हुने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal