आज :

पुष्कर-केदारसहित विप्लव नेकपाका दर्जन नेता क्रान्तिकारी माओवादीमा समाहित

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी दर्जनबढी नेताहरु नेकपा (क्रान्तिकारी माओवादी)मा समाहित भएका छन् । नेकपको ब्यूरो संयोजक भइसकेका पुस्कर श्रेष्ठ, तत्कालिन मध्यकमाण्डको कार्यसचिव भएर जिम्मेवारी समालेका केदार खतिवडा नेकपाको उद्योग व्यापार महासंघको अध्यक्ष युवराज पराजुलीसहित दर्जन नेता समोबार आयोजित पुनर्मिलन कार्यक्रममा समाहित भएका छन् ।

सोमबार पार्टी कार्यालय कुपण्डोलमा भएको एक कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले खाँदा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

त्यसैगरी नेकपाका पूर्वका युवा नेता तारा थापा, जीपी चौलागाई, ज्ञानेन्द्र बुढाथोकी, रामबहादुर तिरुवा, प्रभात भट्टराई, हिरा शाही, शिवहरी घिमिरे, मेलम योञ्जनलगायत क्रान्तिकारी माओवादीमा समाहित भएका छन् । त्यस्तै गोपाल किराँतीको नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य विमल निरौला, केन्द्रीय सदस्यहरु प्रकाश राई, अप्सरा बानियाँ र गणेश निरौला क्रान्तिकारी माओवादीमा ध्रुवीकृत भएका छन् ।

कार्यक्रममा विप्लवले क्रान्तिकारी कार्यदिशा छोडेर सुधारवादी कार्यदिशा समातेको र गोपाल किरातीले विपश्वनालाई पार्टीको कार्यदिशा बनाएर शुन्यवादी कार्यदिशा समात्न पुगेकोले क्रान्तिकारी माओवादीमा ध्रुवीकृत भएको बताए ।

वैद्यले विप्लव र प्रचण्डमा केही फरक नभएको समेत बताए । वैद्यले भने, ‘विप्लवजीले हामीसँग अलग हुनेबेला तुरुन्तै सशस्त्र संघर्ष गर्नुपर्यो, यो संविधान बनाउन दिनुहुँदैन भन्नुभएको थियो तर अहिले आएर जनमत संग्रहबाट समाजवाद आउँछ भन्नुभएको छ । प्रचण्डजीले शान्तिपूर्ण तरिकाले समाजवाद आउँछ भन्ने र विप्लवजीले जनमत संग्रहबाट समाजवाद आउँछ भन्ने । आखिर के रैछ त भन्नृ छर्लङ हुँदै गइरहेको छ ।’

महासचिव वैद्यले मोहनविक्रम सिंह र विप्लव नेतृत्वको पार्टीसँग पार्टी एकताका लागि धेरै पटक प्रयास गरेपनि उनीहरुले खासै जाँगर नदेखाएको खुलासा समेत गरे । अब एकता र ध्रुवीकरणको प्रक्रिया सुरु भएको बताए । क्रान्तिकारी र अवसरवादीहरुको कित्ता छुट्टिदै गएको बताउनु वैद्यले अब क्रान्तिकारी माओवादी छलाङ हान्दै अगाडि बढ्ने पनि उद्घोष समेत गरे ।

कार्यक्रममा नेकपा नेता पुष्करले नेकपा क्रान्तिकारी पार्टी नभएको र कार्यकर्ताहरुलाई आन्दोलन गर्न लगाएर चन्दा उठाउने समूहमा परिणत भएकोले आफूहरुले परित्याग गरेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal