आज :

प्रदेश नम्बर २ को नाम ‘मधेस’ र स्थायी राजधानी जनकपुरधाम

काठमाडौं । लामो समयदेखिको विवादबीच २ नम्बर प्रदेशको नाम ‘मधेस’ र स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । सोमबार बसेको प्रदेशसभामा यी दुई प्रस्ताव पेश भएका थिए ।

प्रदेशको नाम र राजधानी दुबै प्रस्तावमा दुई तिहाई मत जुटेको छ । प्रदेशसभामा सैलेन्द्र यादवले राखेको प्रस्तावमा ८० जनाले मतदान गरेका थिए । यो प्रस्तावले दुई तिहाइ पाएसँगै अन्य प्रस्ताव स्वत: निष्क्रिय भएका छन् ।

प्रदेशको नाम ‘मधेश’ राख्ने प्रस्ताव सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी, माओवादी केन्द्र र लोसपाले गरेको थियो । १०४ सदस्यीय प्रदेशसभा रहेकोमा मतदानमा ९९ जना उपस्थित भएका थिए । त्यसमध्ये ८० जनाले पक्षमा मतदान गरेका थिए । १९ जनाले विपक्षमा मतदान गरेका थिए ।

यसअघि प्रदेशको स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्तावको पक्षमा पनि दुई तिहाई मत जुटेको थियो ।

आज जनकपुरधाम राजधानी तोक्ने प्रस्ताव प्रदेशसभामा पेश गरिएको थियो । केही सांसदहरु सुरुदेखि नै जनकपुर राजधानी राख्ने विषयमा फरक मत भएकोले मतदान भएको थियो । प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो । यो उपस्थित संख्याको दुई तिहाई भन्दा पनि बढी हो ।

राजधानी सम्बन्धी प्रस्तावमा प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केबर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।

प्रदेशको नामर स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले तोक्ने संवैधानिक प्रावधान छ । उक्त प्रावधानअनुसार पेश भएको प्रस्ताव दुई तिहाइभन्दा बढी मतबाट पारित भएकोले अन्य प्रस्तावमाथि निर्णयार्थ कारवाही नगरिको हो ।

प्रदेशसभामा प्रदेशको राजधानी वीरगञ्ज -पोखरीया नगरपालिका, सखुआ प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, जीतपुर–सिमरा निजगढ हुँदै समरौनगढसम्म) तोक्ने प्रस्ताव र वीरगञ्ज महानगर तोक्ने प्रस्ताव पनि पेस भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal