आज :

बढी शुल्क असुल्ने मेडिकल कलेज संचालक शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै दले कालोमोसो

काठमाडौं । मेडिकल कलेज संचालक सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले सामाजि संजालमा शर्मालाई शुक्रबार सिंहदरबारभित्रै कालोमोसो दलेको जनाएका छन् ।

विद्यार्थीबाट बढी शुल्क असुल गरेको भन्दै केही दिनदेखि जारी आन्दोलनपछि शिक्षा मन्त्रालयमा शुक्रबार मेडिकल कलेज संचालकसँग छलफल भएको थियो । सोही छलफलको लागि शर्मा पनि सिंहदरबारमै रहेको बेला विद्यार्थीहरुले कालोमोसो दलेको बताइएको छ ।

शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । काठमाडौं मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले पाँच जनाको समूहमा रहेका विद्यार्थीले कालोमोसो दलेका प्रत्यक्षदर्शीले बताए छन् ।

कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन् ।

शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो ।

  •    सांकेतिक तस्विर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal