आज :

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, राष्ट्रिय सभा र स्थानीय तहको चुनावबारे छलफल हुने

काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय बैठक बोलाएको छ । आयोगले स्थानीय तहको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो । पालिकाको चुनाव मुख्य एजेण्डा भएपनि बैठकमा आउँदा माघ १२ गते हुन लागेको राष्ट्रिय सभा चुनावबारे पनि छलफल हुनेछ ।

बिहान ११ बजे बोलाइएको बैठकमा आयोगले मतदाता नामावली अद्यावधिकको पछिल्लो विवरणबारे राजनीतिक दलहरुलाई जानकारी गराउने छ भने बारेमा नेताहरुका धारणा सुन्ने आयोगले जनाएको छ ।

आयोगले बैठकमा पालिका, प्रदेश वा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाएको छ । यसअघि आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पालिकाको चुनाव निर्धारित मितिमै गर्नुपर्ने सुझाव दिइ सकेका थिए । पुस ९ गते प्रधानमन्त्री देउवालाई भेटेर आयोगका पदाधिकारीले वैशाख १४ र वैशाख २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका थिए ।

तर सरकारले आयोगको सिफारिसअनुसार चुनावी कार्यक्रमबारे कुनै गृहकार्य गरेको छैन । स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ ।

संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने भनिए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै चुनाव हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal