आज :

क्रान्तिकारी माओवादीका महासचिव वैद्यले पत्रकारसँग विशेष भेटघाट गर्दै, एमसीसी र पार्टी एकताबारे पनि बोल्ने

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले आज विशेष पत्रकार भेटघाट कार्यक्रम राखेका छन् ।

वैद्यले विरलै मात्रामा पत्रकारहरुसँग औपचारिक भेटघाट गर्ने गरेका छन् । एमसीसी, पार्टी एकतालगायतका विषयमा धारणा सार्वजनिक गर्न पत्रकार भेटघाट गर्न लागिएको क्रान्तिकारी माओवादीका नेताहरु बताउँछन् ।

पार्टी निकट पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार महासंघले समन्वय गरेको कार्यक्रम अहिले विहान १०ः३० बाट संवाद डबलीमा सुरु हुने भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष नारायण पंगेनीले संचारमाध्यमहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal