आज :

कोरोना भाइरसको नयाँ ‘डेल्टाक्रोन’ भेरियन्ट पनि भेटियो, कति छ खतरनाक ?

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट विश्वा प्रभावित भइरहेको बेला अर्को नयाँ भेरियन्ट पनि पत्ता लागेको छ । साइप्रसका एक वैज्ञानिकले डेल्टा र ओमिक्रोनको संयोजनबाट नयाँ भेरियन्ट पत्ता लगाएका छन् ।

युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको वर्णशंकर (हाइब्रिड) भेरियन्ट पत्ता लगाएका हुन् । ब्लूमबर्ग न्युनका अनुुसार कोस्ट्रिकिसले नयाँ भेरियन्टको नाम ‘डेल्टाक्रोन’ राखेका छन् ।

डेल्टा भेरियन्टभित्र ओमिक्रोनको जीन अस्तित्वमा रहेका कारण उक्त नाम राखिएको समाचारमा उल्लेख छ । हालसम्म डेल्टाक्रोनका २५ जना संक्रमित फेला परेका छन् । तर यो भेरियन्टले थप मानिसलाई संक्रमित गरे वा नगरेको र यसको असरबारे बताउन हतार हुने कोस्ट्रिकिसले प्रस्ट पारे । ओमिक्रोनले नै डेल्टाक्रोनलाई पछि पार्न सक्ने संभावना रहेको विज्ञहरुले बताएका छन् ।

भाइरसको ट्र्याकिङ गर्दै आएको अन्तर्राष्ट्रिय डाटाबेस जीआईएसएआईडीसमक्ष डेल्टाक्रोनसम्बन्धी विवरण पठाइसकिएको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal