आज :

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र श्रेष्ठलाई कोरोना संक्रमण, सम्पर्कमा आएकालाई सतर्कता अपनाउन अनुरोध 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको थियो ।

महाधिवेशन पछि लगातार नेता कार्यकर्ताहरुसँगको भेटघाटमा व्यस्त रहेका प्रचण्डलाई असहजता भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रचण्डको निजी सचिवालयका अनुसार कोरोना संक्रम भए पनि उनको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् ।

डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।योबीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउनसमेत अनुरोध सचिवालयले गरेको छ ।

नेता श्रेष्ठले स्वास्थ्य अवस्था पनि सामान्य रहेको र आफू आइसोलेसनमा बसेको बताएका छन् ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal