News Portal

  • चीनको छिङहाई प्रान्तमा ६.६ रेक्टर स्केलको भूकम्प 

    डबली संवाददाता२०७८ पुस २४ गते
    ४५ पटक

    काठमाडौं । चीनमा शक्तिशाली भूकम्प गएको छ । उत्तरपश्चिमी छिङहाई प्रान्तको मेनुवानमा ६ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

    स्थानीय समय अनुसार राति १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइ बनाएर भूकम्प गएको चिनियाँमा चार संस्था सिन्ह्वाले जनाएको छ । ।

    भूकम्पको केन्द्र ३७ दशमलव ७७ डिग्री उत्तरी अक्षांश र १०१ दशमलव २६ डिग्री पूर्वी देशान्तरमा रहेको भूकम्पपछि परकम्प गएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्