आज :

मेडिकल माफिया विशाल पण्डितको विवादित होटलमा शेखर कोइरालाको गुट बैठक

काठमाडौँ । महाधिवेशनको बेला गुटको अन्त्य गर्ने प्रतिवद्धता गरेको काँग्रेस नेता शेखर कोइरालाले गुटकै भेला गरेका छन् । सभापतिको लागि प्रतिनिधिहरुसँग भोट माग्दै गर्दा कोइरालाले आफूले जितेपनि हारेपनि गुट नबनाउने र भागबण्डाको राजनीतिबाट काँग्रेसलाई मुक्त बनाउने भनेका थिए । तर, सभापतिमा पराजित भएको दुई हप्ता बित्न नपाउँदै कोइरालाले गुटको निर्माणमा लागे ।

कोइरालाले बुधबार विवादित मेडिकल माफिया विशाल पण्डितको व्यवस्थापनमा उनकै विवादित होटलमा गुट भेला गरेका छन् । सिंहदरबारको छेउमै रहेको सरकारी मापदण्ड बिपरित बनेको बसेरा होटलमा कोइरालाको गुट भेला सम्पन्न भएको छ । भेलाबाट कोइरालाले सभापति शेरबहादुर देउवाले पेलेर जान खोजे विद्रोह गर्ने चेतावनी समेत दिएका छन् ।

१४ औं महाधिवेशनबाट निर्वाचित शेखर पक्षीय पदाधिकारी तथा केन्द्रीय सदस्य र प्रत्यासीहरु सहभागी भेलामा कोइरालाले ४ बुँदे लिखित मन्तव्य राखेका थिए । उनले सभापति देउवाले विधि विधानभन्दा बाहिर गएर गर्ने काम बन्द गर्न सबै एकढिक्का हुनुपर्ने बताए । सक्षम नेता कार्यकर्तालाई नियोजित रुपमा पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताउँदै कोइरालाले आफ्नो खबदारीलाई बेवास्ता गरिए पार्टी दुर्घटनामा पर्न सक्ने समेत दिए ।

कार्यक्रममा महाधिवेशनमा कोइरालाको टिमबाट उम्मेदवार बनेका १३४ जनाबीच परिचयात्मक कार्यक्रम भएको थियो ।
महामन्त्री गगन थापाले कार्यक्रममा सभापति देउवाको बोली व्यवहारमा एकरुपता नदेखिएको बताए । विधि विधानमा पार्टीलाई अगाडि बढाउने संकेत नदेखिएको थापाले बताए । उनले वागमती प्रदेशको मन्त्री छान्दा होस् वा राष्ट्रियसभाको उम्मेदवार चयन गर्दा सभापति देउवाले आफूसँग संवाद नगरेको गुनासो समेत गरे ।

थापा स्वास्थ्य मन्त्री हुँदादेखिको मेडिकल माफिया पण्डितसँग राम्रो सम्बन्धको सुरुवात भएको थियो । बुधबारको भेलाको थापाकै पहलमा पण्डितले व्यवस्थापन गरिदिएको बताइएको छ ।

लामो समयदेखि मेडिकल क्षेत्रका व्यवसायी पण्डितले बसेरा होटल मापदण्ड विपरित निर्माण गरेका हुन् । देशकै प्रशासनिक सिंहदरबारको सुरक्षाको दृष्टिले समेत उक्त होटल लगाउन नमिल्ने भन्दै मुद्धा विचारधिन रहेको छ । निर्माण सुरु हुँदै गर्दा होटल निर्माणमा रोक लगाउने सरकारले निर्णय गरेपनि पण्डितले शक्तिको भरमा बनाएरै छाडे । पण्डितले त्यको लागि राजनीतिक पार्टीका शिर्ष नेताहरुको दैलोमा समेत पुगेका थिए । त्यसमा महामन्त्री थापाले सहयोग गर्दै आएका थिए ।

मेडिकल क्षेत्रमा पण्डित जोडिएका दर्जनौं अनियमितताका घटना छन् तर पैसा र शक्तिको भरमा उन्मुक्ति पाउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal