आज :

माओवादी महाधिवेशनः प्रचण्डको राजनीतिक प्रतिवेदन पारित, चुनावपछि विशेष महाधिवेशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनले अध्यक्ष प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । समूहगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिएलगत्तै प्रचण्डले प्रतिवेदन पारित गर्न आग्रह गरेका थिए ।

बन्दसत्रमाम बोल्दै अध्यक्ष प्रचण्डले नेताहरु राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मतलाई पनि मेट्ने बताएका छन् । गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।

उक्त प्रतिवेदनमाथि मंगलबार २४ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।

शनिबार नयाँ केन्द्रीय समिति चयन गर्ने कार्यसूची रहेको छ । माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ । विधानमा भएको व्यवस्थाअनुसार हलले २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ भने केन्द्रीय समितिले पदाधिकारी चयन गर्नेछ ।

अध्यक्ष प्रचण्डले चुनावपछि विशेष महाधिवेशन गरेर अहिले उठेका सवालसहित नयाँ नीति पास गर्ने जानकारी दिए । वर्तमान महाधिवेशन विचारको बहसमा सुरुवात भएको र अर्को विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गरेर विचारको विकास गर्ने प्रचण्डले प्रतिनिधिहरुलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal