आज :

काठमाडौंसहित हिमाली क्षेत्रमा हिमपातः जनजीवन प्रभावित, कृषक खुशी  

काठमाडौं । काठमाडौंसहित हिमाली क्षेत्रमा गएरातिबाट हिमपात भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौसहित देशका धेरै भागमा वर्षा सुरु भएको थियो । हिमाली क्षेत्रमा रातिबाटै र चन्द्रागिरिसहितका मकवानपुरको दामनलगायतका क्षेत्रमा विहानबाट हिउँ परेको हो ।

आज दिनभरी नै हिमपात हुने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित देशभर वर्षा भइरहेको छ । हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ । वर्षा र हिमपातका कारण देशभर अधिकतम तापक्रम घटेको छ । यसले चिसो बढाएको छ ।

यसैबीच कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर बनेको छ । उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ । कर्णालीका अन्य हिमाली जिल्ला मुगु र हुम्लामा पनि केही दिन पहिलेदेखि नै हिमापात भइरहेको छ ।

हिमपातसँगै अधिकांश ठाउँको फोन सेवा समेत प्रभावित भएको छ । बिहानैदेखि यी जिल्लाको चहलपहल ठप्प भएको त्यहाँस्थित प्रहरी कार्यालयले जनाएका छन् ।

त्यसैगरी सुदूरपश्चिमका उच्च क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । विहानैबाटै हवाइ सेवा प्रभावित भएको छ ।

वर्षा र हिमपातपछि किसान भने खुशी भएका छन् । वर्षाका कारण गहुँ र तरकारीलाई राहत भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal