आज :

माओवादी केन्द्रको महाधिवेशनः आज राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन । हिजो प्रचण्डले बन्दशत्रमा प्रस्तुत गरेको ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नाम दिइएको राजनीतिक प्रतिवेदनमाथि समूहमा छलफल गर्ने कार्यसूची छ । त्यस्तै, नेता देवप्रसाद गुरुङले प्रस्तुत गरेको पार्टी विधानमाथि पनि सुझाव दिइनेछ ।

अध्यक्ष प्रचण्डले प्रतिवेदनमा वर्तमान परिस्थितिको समीक्षा, राष्ट्रिय राजनीतिको परिस्थिति, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिबारे, समाजवादको आधार निर्माणसँग सम्बन्धित सैद्धान्तिक प्रश्नहरू, पार्टीका तत्कालीन नीति, योजना र कार्यक्रमको रूपरेखालगायत विषयहरू उल्लेख गरेका छन् ।

प्रतिवेदनमा प्रचण्डले पार्टीका तत्कालीन नीति, योजना र कार्यक्रमको रूपरेखा प्रस्तुत गरेका छन् । समायोजनको रणनीति र समाजवाद उन्मुख समृद्धिको कार्यनीति अन्तरगत जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण गर्न प्रचण्डले तत्कालीन नीति, योजना र कार्यक्रम तय गरेको उल्लेख गरेका छन् ।

यसमा पार्टी प्रशिक्षणको सञ्चालन, मुखपत्र लगायत पार्टीको प्रकाशन र स्कूलिङका लागि सामाजिक सञ्जालको अधिकतम प्रयोग गने बताएका छन् । उनले संगठात्मकरुपले पार्टीलाई जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार सञ्चालन गर्न जोड दिनुपर्ने जिकिर गरेका छन् ।

प्रतिवेदनमा केन्द्रीय कमिटीदेखि टोल, सेल कमिटीसम्म आलोचना आत्मालोचनाको प्रक्रियालाई पुनर्स्थापित गर्ने योजना पनि प्रस्तुत गरिएको छ । पार्टीमा अनुशासन, विधि र व्यवस्थापनलाई प्रभावकारी रूपले कार्यान्वयन गर्ने र कुनै पनि स्तरका निर्वाचित पदाधिकारीले पार्टीको हित अनुसार काम नगरे वा गर्न नसकेका कमिटीले फिर्ता बोलाउन सक्ने र कमजोरीको प्रकृति अनुसार अनुशासनको कारबाही गर्न सक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई उत्पादन, श्रम एवम् श्रमिक जनसमुदायसँग जोड्ने कार्ययोजना बनाई कार्यान्वयन प्रक्रियालाई अघि बढाउने प्रतिवेदनमा बताएका छन् । कमिटीका बैठकहरूमा ६ महिनामा कम्तीमा एक पटक आर्थिक हिसाब प्रस्तुत गर्ने र भ्रष्टाचार विरोधी अभियान चलाउने कुरा पनि उल्लेख गरेका छन् ।

हिजै प्रतिवेदनको छलफलका लागि २५ समूह विभाजन गरिएको छ । विभाजन गरिएकामध्ये जेष्ठ कम्युनिस्ट, सल्लाहकार परिषद र सल्लाहकार परिषदको समूहको छलफल प्रज्ञा भवनमा हुनेछ । यस्तै प्रदेश १ को दुई समूहको प्रज्ञा भवनको भानुभक्त हलमा छलफल हुनेछ भने प्रदेश २ को दुई समूहको छलफल पनि प्रज्ञा भवनकै पारिजात हलमा हुनेछ । यस्तै पुस्तकालय हलमा लुम्बिनीको विभाजन गरिएको दुई समूहको छलफल हुनेछ भने गण्डकीको दुई समूहको छलफल पार्टी कार्यालय पेरिसडाँडामा हुनेछ । यस्तै प्रवास समूहको पनि पेरिसडाँडामै हुनेछ ।

यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशको दुई–दुई समूहको ए वान पार्टी प्यालेस, विभागको क्वालिटी ब्याङ्क्वेटमा दुई समूहमा छलफल हुनेछ । यस्तै उपत्यका विशेष प्रदेश समूहको पनि क्वालिटी ब्याङ्क्वेटमा छलफल हुनेछ भने दुई समूहमा विभाजन गरिएको सम्पर्क समन्वयको क्रिष्टल पार्टी प्यालेस, बागमतीको दुई समूहको बानेश्वर ब्याङ्क्वेट, आयोगको पनि सोही ब्याङ्क्वेटमा छलफल हुनेछ । यस्तै जवस, मोर्चा इन्चार्ज, कार्यालयको काठमाडौं ब्याङ्क्वेटमा छलफल हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal