आज :

माओवादी केन्द्रको आठौं महाधिवेशन आजबाट सुरु, प्रचण्डले आत्मालोचनासहितको दस्तावेज पेश गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौंको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले गर्ने कार्यतालिका रहेको छ ।

यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भनिएको थियो तर वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया गरेको र गर्नै पर्ने संवैधानिक व्यवस्थाका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशन परिणत गर्ने भएको छ ।

अहिले माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बसेको छ । बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णयलाई अनुमोदन गर्ने छ ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार महाधिवेशनको सबै तयारी पूरा भइसकेको छ । महाधिवेशनका लागि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ ।

सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानरसमेत राखिएको छ । प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । आठाैँ महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि तथा पर्यवेक्षण काठमाण्डौमा आइसकेका छन् ।

माओवादीले सहभागीलाई आफैँ खाने बस्ने प्रबन्ध गर्न भनेको छ । महाधिवेशन तीन दिनसम्म चल्नेछ । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्ताबेज पेस हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने तयारी छ । त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ ।

संविधानसभाबाट संविधान, गणतन्त्रजस्ता राजनीतिक परिवर्तनको संवाहकको रुपमा रहेको माओवादीले पहिलोपटक पार्टीभित्र संविधान अनुकूल सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति निर्माण गर्ने भएको छ ।

विभिन्न टुटफुट, एकता र सङ्घर्ष अनुभव गरेको माओवादीले आफूलाई विचार, राजनीतिक कार्यदिशामा सम्मेलनपछि नयाँ उचाईमा पुर्याउने र भरपर्दो कम्युनिस्ट शक्तिका रुपमा स्थापित गर्ने बताएको छ ।

महाधिवेशनले अध्यक्षा प्रचण्डलाई सर्वसम्मत निर्णय गर्नेछ भने अन्य पदाधिकारीको लागि सहमतिको प्रयास गरिने तर सहमति हुन नसक्दा चुनावमा जाने बताइएको थियो ।

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन विभाजनमा जानुको मुख्य जिम्मा आफैले लिने बताएका छन् । शनिबार प्रेस सेन्टर नेपाल र क्रान्तिकारी पत्रकार संगठन नेपालबीचको एकता कार्यक्रममा बोल्दै आत्मालोचना आफैबाट सुरु गरेको बताउँदै महाधिवेशनमा पेश गर्ने दस्तावेजमा  उल्लेख गरिएको बताए । मुल नेतृत्वव हुनुको नाताले नैतिक जिम्मेवारी आफ्नै नै भएको बताउँदै प्रचण्डले दस्तावेजमै आत्मालोचना गरेको बताए  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal