आज :

मसालको विद्रोही समूह माओवादी केन्द्रमा समाहित, राष्ट्रिय सम्मेलनमा ३३ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (मसाल) को विद्रोही समूह माओवादी केन्द्रमा समाहित भएको छ । मसालबाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्र बनाइएको  समूह माओवादी केन्द्रमा समाहित भएको हो ।

आज एक कार्यक्रमबीच सो समूहलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले औपचारिक रुपमा माओवादी केन्द्रमा स्वागत गर्न लागेका छन् । आज दिउँसो १२ बजे काठमाडौंको त्रिपुरेश्वरमा कार्यक्रम राखिएको छ ।

सम्पर्क केन्द्रमा रहेका नेताहरुले मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि विद्रोह गरेका थिए ।

विद्रोही समूहले ३९ जिल्लामा नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको बताइएको छ। त्यस्तै सुदूरपश्चिम, कर्णाली, वागमती, लुम्बिनी, लगायतका प्रदेशका जिल्लामा पनि संगठन विस्तार गरेको विद्रोही नेताहरुले बताएका छन् ।

यही ११ गतेबाट काठमाडौंमा सुरु हुन लागेको पहिलो राष्ट्रिय सम्मेलनमा सम्पर्क केन्द्रका नेताहरु पनि सहभागी हुने भएका छन् । राष्ट्रिय सम्मेलनमा ३३ जना प्रतिनिधि सहभागी हुने नेताहरुले बताएका छन् ।

यसैबीच मसालका महामन्त्री सिंहले पार्टीबाट विद्रोह गरेर जानेहरुलाई ‘पुरोहितका गाईहरू’को संज्ञा दिँदै पार्टीमा फर्कन आग्रह गरेका छन् । बिहीबार विज्ञप्ति निकालेर उनले यस्तो आग्रह गरेका हुन।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal