आज :

नेकपाका सचिवालय सदस्य सुदर्शन र माओवादी केन्द्रका नेता मातृका यादवबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवबीच भेटवार्ता भएको छ । विहीबार साँझ भएको भेटवार्तामा समसामुहिक राजिनीतिक घटनाक्रम, माओवादी आन्दोलन पुनर्गठन, एमसीसीलगायतका विषयमा छलफल भएको छ ।

भेटमा यादवले सबै माओवादी नेताहरु एक ठाउँमा आउनु पर्नेमा जोड दिएका थिए । उनले माओवादी नेताहरु फरक फरक धारमा उभिएका कारण जनताको रगत र पसिनाबाट प्राप्त उपलब्धीमाथि धावा बोल्न थालिएको, जनताका अधिकारी गुम्दै जाने खतरा बढेको भन्दै आत्मसमिक्षासहित सबै एक ठाउँमा आउनुपर्ने धारणा राखे ।

नेता सुदर्शनले भावनाले मात्रै काम नहुने भन्दै सबै विचारकै तहमा माथि उठ्न तयार हुनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी उनले माओवादी केन्द्र सरकारमा भएपनि आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको बताए ।

भेटमा सहभागी नेकपाका युवा नेता भीम चापागाईँका अनुसार दुबै नेताहरु राष्ट्रियता, एमसीसीलगायतका विषयमा सहकार्य गर्दै अगाडि बढ्ने सहमत भएका थिए । भेटमा माओवादी नेता सुजन यादव पनि सहभागी थिए ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal