आज :

क्लासिक टेकले माग्यो थप ६६४ कर्मचारी !

काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि ब्रान्च म्यनाजरदेखि फाइबर टेक्निसियनसम्म ६६४ कर्मचारी मागेको छ । नेपालमा सन् २००९ बाट सेवा सुरु गरेको कम्पनी १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ । दुर्गम क्षेत्रदेखि साना सानागाउँ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न कम्पनीले देशभरि कर्मचारी मागेको हो ।

कम्पनी ले स्टाफ हरुलाई बिषेस सेवा सुबिधा दिदै आएको छ । सामाजिक सुरक्षा कोष (एसएसफ्) मा पनि लागेको र कर्मचारीहरुले राम्रो पहिचान पाउने कम्पनीले बताएको छ। बेसिक सेलरी मा ओवर टाइम, इन्सेंतिव ,फ्यूल , मर्मत खर्च लगायत अरु खर्च पनि कम्पनीले दिदै आएको छ ।

हाल कम्पनीमा १५०० जना कर्मचारी कार्यरत रहेको र सेवा सुबिदा मा थप प्राथमिकता र जोड दिन कर्मचारी हरुको माग भइ आएको छ । हाल ७४ जिल्ला मा सेवा दिंदै आएको क्लास्सिक टेक ले ग्रामिण तथा दुर्गम इन्टरनेट नपुगेको ठाउमा समेत आफ्नो सुबिदा पुगाउने लक्ष्य राखेको छ । सोहि लक्ष्य प्राप्ति का निम्ति कम्पनीले कर्मचारी हरुको माग गरेको हो ।

कम्पनीले तल्लो तह बाट मत्थिलो तह सम्ममा कर्मचारी मागेको छ । ब्रान्च म्यानेजर २८ जना ,फ्रन्ट डेस्क अस्सोसिएट ८० जना , डोर टू डोर सेल्स अस्सोसिएट २५० जना ,फाइबर सेल्स अस्सोसिएट -बाइक राइडर २०० जना ,फाइबर सुपरवाईजर ६२ जना ,एचआर म्यानेजर २ जना , कोर्पोरेट म्यानेजर २ , कल सेन्टर अस्सोसिएट ४० जना ।

इच्छुक व्यक्तिले क्लासिकटेकमा अपलाई गर्नलाई email- [email protected] मा आफ्नो अपडेटएड सिवि पठाएर सम्पर्क गर्न सकिनेछ । https://www.facebook.com/ClassicTech ,https://www.classic.com.np/contact/career/ वा ९८०१००६६३३ बाट पनि सोधपुछ गर्न सकिने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal