आज :

घटना छानविनकाे माग गर्दा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विष्टसहित १२० विद्यार्थी गिरफ्तार

काठमाडौँ । केएमसी कलेजमा विद्यार्थी मृत्यु प्रकरणको विरोधमा उत्रेका विद्यार्थीलाई प्रहरी गिरफ्तार गरेको छ । प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गोविन्द विष्टसहित १२० विद्यार्थीलाई गिरफ्तार गरेको छ ।

बागबजारस्थित केएमसी कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीको मृत्युको छानविनको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई कलेज प्रशासनको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो ।

सोमबार दिउँसो कक्षामा अध्ययनरत सुशिल सहानीको बाथरुममा मृत्यु भएको भनिएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुले घटनाको छानविन गर्न माग गरेका थिए । विद्यार्थीका अनुसार घटनाको छानविन गर्नुको साटो प्रशासनले प्रहरी बोलाएर विद्यार्थीलाई गिरफ्तार गर्न लगाएको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका काठमाडौँ इन्चार्ज समेत रहेका विष्टलाई महानगरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ भने अन्य विद्यार्थीलाई भृकुटीमण्डपस्थित नेपाल पुलि क्लबमा राखिएको छ ।

अखिल क्रान्तिकारीका जिल्ला सदस्य राजेश राजेश रावललाई पनि प्रहरीले गिरफ्तार गरेको छ । आफ्नो कमजोरी ढाकछोप गर्न कलेज प्रशासनले प्रहरी लगाएर विद्यार्थीमाथि धरपकड गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

केएमसी कलेजले महंगो शूल्क असुल गर्ने गरेको तर भौतिक पूर्वाधारलगायत व्यवस्थापमा लथालिंग रहेको कजेलमा अध्ययनरत विद्यार्थीले बताएका छन् ।

कलेजमा अध्ययनरत विद्यार्थीले घटनाको छानविन र मृतक साहनीका परिवारलाई क्षतिपूर्ती नदिएसम्म आफूहरुको विरोध प्रदर्शन जारी रहने बताएका छन् । घटनाको सत्यतथ्य छानविन नगरी प्रहरीको डरधम्की देखाएर कलेज प्रशासनले गम्भीर गल्ती गरेको बताउँदै विष्टले आफूहरुको विरोध जारी रहने बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal