आज :

माओवादी केन्द्रको बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री विजयी, माओवादीमा पहिलो चुनाव 

काठमाडौं । नेकपा  माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् । माओवादी केन्द्रको नेतृत्व चयनको लागि चुनाव भएको यो पहिलो हो । अन्य प्रदेशमा पदाधिकारी नछानी छलफललाई जारी राखेको बेला बामगतीमा चुनावी प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गरिएको छ ।

सहमति नभएपछि सोमबार मतदान भएको थियो । कुल २ सय ६१ मत खसेको थियो । जसमा पौडेलले १६२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी दिनानाथ गौतमले ८६ मत मात्र पाएका छन् ।

उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुङ्गाना र प्रेम बहादुर पुलामी (छिन्तु)विजयी भएका छन् । महर्जनले १७८, ढुङ्गानाले १०१ र पुलामीले १३८ मत प्राप्त गर्नुभयो । यसैगरी सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उनले १४९ मत ल्याएका छन् ।

मत परिणामअनुसार कोषाध्यक्ष भट्टराईले १५३ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal