आज :

३५ वर्षीय कम्युनिस्ट नेता चिलीको राष्ट्रिपतिमा निर्वाचित, बने सबैभन्दा कम उमेरको राष्ट्रपति

काठमाडौँ । युवा कम्युनिस्ट नेता गेब्रिएल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका छन् । राष्ट्रपति चुनावमा ३५ बर्षीय बोरिकले अति दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई फराकिलो मतले हराएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

चिलीको निर्वाचन आयोगका अनुसार बोरिकले ५६ प्रतिशत मत पाएको छन् भने प्रतिस्पर्धी दक्षिणपन्थी नेता कास्टले ४४ प्रतिशत मत पाएका थिए ।

बीबीसीका अनुसार कास्टलले मतदान सकिएको साढे एक घण्टापछि र मतपत्र गणना आधा बाँकी नै रहँदा आफ्नो हार स्वीकार गरेका थिए । गनिएको करिब आधा मतपत्रमा बोरिकले ५६ प्रतिशत मत पाएका थिए । यता कास्टले भने ४४ प्रतिशत मत पाएका थिए ।

सन् २०१९ र २०२० मा चिलिमा असमानता र भ्रष्टाचार विरोधमा सरकारी विरोधका प्रदर्शनपछि निर्वाचन भएको हो । दुबै उम्मेद्वारले देशका लागि एकदम फरक दृष्टिकोण प्रस्ताव गरे र यी दुबै राजनीतिक दलको प्रतिनिधित्व गर्ने बाहिरी व्यक्ति हुन् जो कहिल्यै सरकारमा रहेनन् ।

बोरिकले चिलीको निवृतभरण र स्वास्थ्य प्रणालीमा सुधार ल्याएर, सातामा ४५ देखि ४० घन्टाको काम घण्टा निर्धारण गर्ने र हरित लगानी प्रवद्र्धन गरी असमानता हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यता कास्टले भने कानुन व्यवस्था बनाएर, कर र सामाजिक खर्च घटाउने वाचा गरेका थिए । कास्टले पूवै सैनिक जनरल अगस्टो पिनोसेको विरासतलाई सही ठहर मानेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal