आज :

काँग्रेसको केन्द्रीय सदस्यमा सबै महिला उम्मेदवार पराजित, महिलाको भोट पुरुषलाई तर …

काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना सकिएको छ । आइतबार साँझ सार्वजनिक गरिएको अन्तिम परिणामअनुसार एकजना महिला उम्मेदवार पनि जित्न सफल भइनन् ।

काँग्रेसमा वडादेखि प्रदेश हुँदै महाधिवेशनमा महिला प्रतिनिधिको उल्लेख्य सहभागिता थियो । तर, पुरुष प्रतिनिधिले महिला उम्मेदवारलाई भोट नै हालेनन् । नेपाल पत्रकार महासंघको उपाध्यक्षबाट राजिनामा दिएर चुनावी मैदानमा उत्रिएकी बाला अधिकारी र काँग्रेसको राजनीतिमै सक्रिय रहेका महिलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिइएकी थिइन् ।

पत्रकारितामा सक्रिय अजयबाबु सिवाकोटीले जितेभने राजीतिमै सक्रिय महिला उम्मेदवार पराजित भएका छन् । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार पूर्वमहामन्त्री डा. शशांक कोइराला सबैभन्दा धेरै मत पाएर विजयी भएका छन् । उनले ३८३६ मत पाएका छन् । उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडाले मत पाएका छन् । ३५ औं स्थानमा कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन् । उनले १७०७ मत पाएका छन् ।

यस्तो मत परिणामः १. शशांक कोइराला ३८३६, २. एनपी साउद २९३७, ३. बालकृष्ण खाँण २८७९, ४. उदयशम्शेर राणा २८४३, ५. रामहरि खतिवडा २८३२, ६. ज्ञानेन्द्रबहादुर कार्की २८२०, ७. रमेश लेखक २७८०, ८. शंकर भण्डारी २७६८, ९. जिपछिरिङ लामा २७०२, १०. अर्जुन नरसिंह केसी २६५०, ११. जितजंग बस्नेत २५५७, १२. गोपालमान श्रेष्ठ २५३८, १३. मोहनबहादुर बस्नेत–२४७६, १४. सुनीलबहादुर थापा–२४७२, १५. नैनसिंह महर २४६७, १६. दिलेन्द्रप्रसाद बडू–२४४१, १७. डा. रामशरण महत– २४३४, १८. बलबहादुर केसी–२३८८, १९. गोविन्द भट्टराई–२३५०, २०. कुन्दनराज काफ्ले–२२७९, २१. दीपक गिरी–२२६५, २२. सुरेन्द्रराज पाण्डे–२२०१, २३. पद्मनारायण चौधरी–२०३८ २४. राजीव ढुंगाना– १८९६, २५. गुरु बराल–१८७०, २६. सञ्जयकुमार गौतम–१८६७, २७. गोविन्द राज पोखरेल–१८४३, २८. मदनबहादुर अमात्य– १८३०, २९. अजयबाबु शिवाकोटी १८११, ३०. गणेश लामा १७८२, ३१. दिनेश कोइराला –१७८१, ३२. उमेशजंग रायमाझी १७७६, ३३. ई. मोहन आचार्य–१७५१, ३४. गोपाल दहित–१७१० र ३५. कृष्णकिशोर घिमिरे १७०७ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal