
काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमितिमा युवा पुस्ताको बाहुल्यता हुने देखिएको छ । काँग्रेस बुढाहरुको पार्टी भन्दै खिसिट्युरी हुँदै आएको छ । तर १४ औ महाधिवेशनमा युवाहरु जबरजस्ता आएका छन् ।
सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्काबाहेक सबै पदाधिकारीमा नयाँ अनुहार देखिएका छन् । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश विजयी भइसकेका छन् । यी दुबै नेताले काँग्रेसमा युवाहरुको प्रतिनिधित्व गर्छन् ।
त्यसैगरी तीन जना सहमहान्त्रीमा युवाहरु नै आएका छन् । महिलातर्फबाट सहमहामन्त्रिमा डिना उपाध्याय निर्वाचित भएकी छन् । बिहीबार सकिएको ममतगणनाले कमला पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।
सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २५३३ मत पाएकी थिइन् भने डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी पन्तले २१०५ मत मात्र पाइन् ।
त्यसैगरी आदिवासी जनजातितर्फबाट भीष्मराज आङदाम्बे निर्वाचित भएका छन् । उनले विकास लामालाई ७९८ मतान्तरले पराजित गर्दै आङदाम्बे निर्वाचित भएका हुन् । कुल ४६८१ मत खसेकोमा सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका आङदाम्बेले २७११ मत पाएका छन् भने डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार विकास लामाले १९१३ मत पाएका छन् ।
दतिल तर्फको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् ।
डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २२९ छ ।