आज :

काँग्रेसको उपसभापतिमा खड्का र गुरुङ विजयी, महामन्त्रीको मतगणना आज

काठमाडौं । नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । १४ औं महाधिवेशनमा भएको निर्वाचन मतगणना राति सकिएको थियो ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार खड्काले २१२१ मत र गुरुङले १९०८ मत ल्याएका ल्याएर विजयी भएका हुन् । खड्का सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानल र गुरुङ सभापतिमा पराजित भएका शेखर कोइरालाको प्यानबाट उपसभापतिमा चुनाव लडेका थिए ।

देउवाको प्यानलबाट उपसभापतिमा उठेका विजय कुमार गच्छदारले पराजित भएका छन् । उनले १९०६ मत ल्याएका छन् । यो गुरुङभन्दा २ मत मात्रै कम हो ।

त्यस्तै उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

यसपटक उपसभापतिको दौडमा देउवाको प्यानलबाट खड्कासहित गच्छदार, शेखर कोइराला समूहबाट गुरुङसहित चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाहले चुनावी प्रतिस्पर्धा गरेका थिए । महेश आचार्य भने स्वतन्त्रतर्फबाट उठेका थिए ।

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना आज विहानबाट सुरु गर्ने तयारी भइरहेको छ । काँग्रेसको नयाँ नेतृत्वको लागि भएको चुनावको सबै परिणाम आउन पुस ५ गतेसम्म लाग्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal