आज :

नेपाली काँग्रेसको सभापतिमा देउवा पुनः निर्वाचित 

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । दोस्रो चरणको चुनावमा देउवा पुनः सभापतिमा निर्वाचित भएका हुन् ।

मंगलबार भएको दोस्रो चरणको मतदानमा जम्मा खसेको मत  ४६२३ मध्ये देउवाले  २७३३ प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेता शेखर कोइरालाले १८५५ मत पाएका थिए भने ३५ बदर भएको थियो ।

यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित भएका थिए । कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणमा ४ हजार ६६९ जनाले मतदान गरेका थिए । तर सभापतिका पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् ।

सबभन्दा धेरै मत पाएका देउवाले २ हजार २५८ र शेखरले १ हजार ७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका थिए ।

कांग्रेसमा यसपटक नेतृत्व परिवर्तनको मुद्दा उठे पनि त्यसो हुन सकेन । संस्थानपन इतर समूह पहिलो चरणमा तितरबितर हुँदा र दोस्रो चरणमा शेखरबाहेकका अरु नेता देउवातिर उभिँदा दोस्रो चरणमा देउवाको सहज जित भएको हो ।

लामो समयदेखि देउवाको विरुद्धमा उभिँदै आएका नेता प्रकाशमान सिंहले यसपटक साथ दिए । सिंहले समर्थन कोइराला परिवारले आफूलाई नपत्याएको भन्दै देउवालाई साथ दिएका थिए । सिंहले देउवालाई साथ दिँदा पनि शेखर पाएको मत सम्मानजनक नै हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal