आज :

क्लासिक टेकको नेक्स्ट जेनेरेशनको प्रविधि वाइफाई ६ को साथमा TACHYON 1 Gbps  इन्टरनेट सेवा शुभारम्म

काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेक्स्ट जेनेरेशनको प्रविधि वाइफाइ-६ को साथमा TACHYON 1 Gbps  इन्टरनेट सेवा शुभारम्म गर्ने तयारी गरिरहेको छ । सन् २००९ देखि सेवा सुरु गरेको क्लासिक टेकले नेपालमै पहिलो पटक वाइफाइ-६ का साथमा TACHYON 1 Gbps  इन्टरनेट प्रविधि भित्राउन अन्तिम परीक्षण भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार वाइफाइ-६ अन्तर्गत Smart Connectivity, Beamforming, MU-MIMO लगायतका सुविधाहरू रहने छन् । सो प्रविधि अवलम्बन गरे पश्चात ग्राहकहरूले हाइ स्पिड इन्टरनेट प्रयोग गर्न सक्षम रहने छन् । वाइफाइ-६ प्रविधि अन्तर्गत इन्टरनेटको स्पिड 3Gbps सम्म रहनेछ ।

पहिलो चरणमा क्लासिकटेकले 1Gbps सम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको जानकारी गराएको छ । यसले कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले  इन्टरनेट  प्रयोग गर्न सक्षम हुनेछन् ।  वाइफाइ-६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भब हुने र यसले धेरै-प्रयोगकर्ता, धेरै-इनपुट, धेरै-आउटपुट प्रविधी हुनाले वाइफाइ राउटरलाई एकै साथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहनेछ जसका कारण  कुने Signal लागि पर्खनु पर्ने समय घटाउँछ र वाइफाइ नेटवर्कको गति तिब्र बनाउने छ ।

वाइफाइ-६ पश्चात क्लासिकटेकले नेपालमा हाल प्रयोग भैरहेका Dual Band का राउटरहरू विश्चापित गराइ नेपालभर Tri-Band  राउटरहरू प्रयोगमा ल्याउने कम्पनीले जनाएको छ । ट्राइ-ब्यान्डमा एउटा 2.4 GHz  ब्यान्ड र दुई 5 GHz  ब्यान्डहरू गरी तिनवटा अलग अलग Signal ब्यान्डहरू को कारण इन्टरनेट प्रयोगकर्ताहरूले थप उपकरणहरू जडान नगिकनै High Speed  इन्टरनेट प्रयोग गर्न सक्षम रहने छन् । यो प्रविधि पश्चात ग्रहकहरूलाइ बिना झन्झट, उच्च गतिको इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने कम्पनीले विश्वास लिएको छ ।

क्लासिक टेकले सधैं ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरिय सेवा प्रदान गर्ने दिशामा काम गरिरहेको सबैलाई अगवत नै छ । ग्रहकहरूमाझ  नयाँ प्रविधि भित्राएर गुणस्तरिय सेवा प्रदान गर्न सधैं तत्पर रहेको कम्पनीले जनाएको छ । १२ बर्षमा ७४ वटा जिल्लाका १०३ स्थानमा सेवा सञ्चालन ल्याएको क्लासकिटेकले कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै आइरहेको छ । दुर्गम क्षेत्रदेखि साना साना गाउँ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal