आज :

काँग्रेस महाधिवेशन: दाेस्राे चरणमा देउवाको जित सुरक्षित, प्रकाशमान, निधि र गुरुङले समर्थन गरे

काठमाडौं । नेपाली कांग्रेसको नयाँ सभापतिमा निवर्तमान सभापति शेरबहादुर देउवाको जित सुश्चित बन्दै गएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि आज पुनः दोस्रो चरणको चुनाव हुँदैछ ।

निर्वाचन समितिका अनुसार निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । मतदान साढे ७ बजेसम्म चल्नेछ ।

यसैबीच सभापतिका प्रत्यशी प्रकाशनमान सिंह र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने निर्णय गरेका छन् । अब दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो चरणमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । अब सिंह र गुरुङले समर्थन गरेसँगै देउवाको जित सुरक्षित हुँदै गएको छ । आज विहान देउवा सिंह निवासमा पुगेका थिए । देउवासँगको भेटपछि सिंहले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेको जानकारी दिए ।

पहिलो चरणमा सिंहले ३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधिले पनि देउवालाई नै समर्थन गर्ने जनाइसकेका छन् । त्यस्तै २२ मत ल्याएर पाँचौ भएका गुरुङले पनि देउवालाई नै समर्थन गर्ने बताइसकेका छन् ।

काँग्रेसको विधानअनुसार पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नसके पहिलो र दोस्रो मत ल्याउने उम्मेदवारीबीच पुनः चुनाव हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal