आज :

काँग्रेस महाधिवेशनः दिउँसो १ बजे उद्घाटन, उपत्यका बाहिरबाट मानिसहरु नओसार्ने

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आजबाट सुरु हुँदैछ । काठमाडौंमा हुन लागेको महाधिवेशनको आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यतालिका छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौँको भृकुटीमण्डपमा उद्घाटनको लागि मंच तयार गरिएको छ ।

देश र प्रवासबाट आउने प्रतिनिधिहरु काठमाडौँ पुगिसकेका छन् । नयाँ नेतृत्व चयन गरेर प्रतिनिधि फर्किनेछन् । नयाँ नेतृत्वको लागि निर्वाचन हुने पक्कापक्की भएको छ । केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको छ । जसअनुसार आज विहान १० बजे प्रतिनिधिको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यस्तै, उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ ।

सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ ।

महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचित गर्नेछ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । विधानअनुसार नयाँ सभापतिले ३३ जना मनोनित गर्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal