आज :

अर्थमन्त्री ओलाफ बने जर्मनको नयाँ चान्सलर, मर्केल युगको अन्त्य

काठमाडौं । जर्मनीको चान्सलरमा वर्तमान अर्थमन्त्री ओलाफ स्चोल्ज निर्वाचित भएका छन् । विहीबार भएको संसद बैठकले ओलाफलाई चान्सलरमा निर्वाचित गरेको हो ।

ओलाफ चान्सलरमा निर्वाचित भएसँगै एन्जेला मर्केलको उत्तराधिकारीका रुपमा उदय भएको छ । योसँगै मर्केलको कार्यकाल सकिएको छ ।

ओलाफको पार्टी एसपीडीले गएको हप्ता ग्रिन्स एण्ड लिबरल फ्रि डेमोक्रेट (एफडीपी)सँग गठबन्धन गरेकाले ओलाफ चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो । उनी चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म श्रम मन्त्री तथा सन् २०१५ मा अर्थमन्त्री बनेका थिए ।

यसअघि मर्केल झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर बनेकी थिइन् । सन् २००५ मा उहाँ जर्मनीको पहिलो महिला चान्सलर बनेकी थिइन् । मर्केलले लगातार चार कार्यकाल समालिन् । सन् १९५४ मा पश्चिम जर्मनीको ह्यामवर्गमा जन्मेकी मर्केल चान्सलर हुँदा विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा समेत परेकी थिइन् ।

एन्जेला मर्केललाई फोर्ब्स पत्रिकाले १० वर्षसम्म विश्वको सबैभन्दा शक्तिशाली महिला घोषित गरेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal