आज :

हेलिकोप्टर दुर्घटनामा परी भारतीय सेनाका पूर्वप्रमुख विपिन रावतकाे मृत्यु, ११ शव भेटिए

काठमाडौं । भारतीय सेनाका पूर्वप्रमुख विपिन रावत सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । रावतसँगै भारतीय सेनाका उच्च अधिकारीसहित १४ जना सवार थिए ।

भारतीय संचारमाध्यहरुका अनुसार चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।

यसैबीच इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई–१७ भी ५ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ । उसले दुर्घटनाग्रस्त हेलिकोप्टरको फोटो समेत सार्वजनिक गरेको छ ।

तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनास्थलबाट ११ जनाको शव बरामद भएको र गम्भीर घाइते ३ जनालाई अस्पताल भर्ना गरिएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । तर मृतकको पहिचान भने खुलाइएको छैन ।

भारतीय संचारमाध्यम दैनिक भास्करका अनुसार रावतको अवस्था चिन्ताजनक छ । उनको अहिले अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाको विस्तृत विवरण सार्वजनिक हुन सकेको छैन ।

यसैबीच सहकर्मी रिटायर्ड लेफ्टिनेन्ट जनरल एचएस पनागले रावतकाे ट्वीटरमा मृत्यु भएकाे भन्दै श्रद्धाञ्जली दिएका छन् । रावतकाे दुर्घटनामा परी ज्यान गएकाे तर पुष्टी गर्न बाँकी रहेकाे भारतीय केही संचारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal