आज :

काँग्रेस केन्द्रीय सदस्यमा अब्दुल सत्तारको उम्मेदवारी, खराब प्रवृतिविरुद्ध लड्ने प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन यही २४ गतेबाट सुरु हुँदैछ । नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । यसैबीच गोरखाका काँग्रेसका चर्चित नेता अब्दुल सतारले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल मुस्लिम संघका संस्थापक अध्यक्षसमेत रहेका सत्तारले मुस्लिम आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने भएका छन् । काँग्रेसलाई विधिसम्वत रुपमा अगाडि बढाउन र आरक्षमा रहेका समुदायको हक अधिकार स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।
“नेताहरुले आफूअनुकूल विधानको व्याख्या गर्दा निकै समस्या आउने गरेको छ । पार्टीलाई विधानसम्मत अघि बढाउन आफूले पहल गर्नेछु र पार्टीभित्र अन्यायमा परेका कार्यकर्ताको लागि लड्न मैले उम्मेदवारी दिएको छु” सत्तारले भने । आफू केन्द्रीय सदस्यमा निर्वाचित भए पार्टीका खराब प्रवृतिविरुद्ध लड्ने समेत सत्तारले प्रतिवद्धता जाहेर गरेका छन् ।

युवा पुस्तालाई कांग्रेससँग जोड्न सके मात्र आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन सकिने भएकाले युवा जोश र जाँगरलाई कांग्रेससँग जोड्नका लागि प्रमुख रुपमा आफ्नो उम्मेद्‌वारी केन्द्रित रहेको सत्तारको भनाइ छ ।

आर्थिक रुपमा आफू पारदर्शी हुने र पार्टीलाई पनि पारदर्शी ढंगबाट अघि बढाउन आफूले प्रयास गर्ने उनी बताउँछन् । उनले पार्टीका हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन पनि आफूले केन्द्रमा गएर महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

अझै पनि क्षेत्रीय तहबाट प्रतिनिधित्व सुनिश्चित हुन नसकेको भन्दै सत्तारले भोलिका दिनमा हरेक तहमा प्रतिनिधित्व सुनिश्चित गराउन आफूले पहल गर्ने बताउँछन् ।

सत्तार गोरखाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन् । कांग्रेसको विधानअनुसार मुस्लिम आरक्षणतर्फबाट एक सह-महामन्त्री, दुई पुरुष सदस्य, एक महिला सदस्य गरी केन्द्रीय समितिमा चारजनाको प्रतिनिधित्व हुने व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ गतेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal