आज :

दुई दुर्घटनाः बैतडीमा नवविवाहित जोडीसहित ५ जनाको ज्यान गयो, रुकुममा २५ जन्ती घाइते

काठमाडौं । बैतडी र रुकुममा दुई सवारी दुर्घटनामा परी नवविवाहित जोडीसहित ६ जनाको ज्यान गएको छ । बैतडीको पाटनबाट सकार जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा सोमबार साँझ दुर्घटना दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परी नवविवाहित जोडीसहित चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेहरुमा सुर्नया गाउँपालिका-१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीय मनिषा विक, पाटन नगरपालिका-१ सकारका १३ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई रहेका छन् ।

प्रेम र मनिषा बीच १० दिन अघिमात्रै बिहे भएको थियो । उनीहरु दुबैजना माइतीघर कैलपाल फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

उपचारको क्रममा पाटन नगरपालिका-१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको छ । योसहित दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये पाटन नगरपालिका-१ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ । विष्णु भट्टराई, दीपक भट्टराई, गोविन्दी विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।

यसैबीच सोमबार नै रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान जानुको साथै २५ जना घाइते भएका छन् ।

बाँफिकोट गाउँपालिका-२ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका-५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा हिजो बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेहरुकाे उद्धार गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal