आज :

काँग्रेस महाधिवेशनः संस्थापनले तीन प्रदेश सभापति जित्यो, पौडेले समूहले लुम्बिनी र गण्डकी

काठमाडौं । नेपाली काँग्रेसले ६ प्रदेशको नयाँ नेतृत्व चयन गरेको छ । प्रदेश नम्बर २ बाहेकका प्रदेशमा भएको चुनावी नतिजाले सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ ।

त्यसैगरी नेता रामचन्द्र पौडेल समूहले दुई वटा प्रदेश र नेता कृष्णप्रसाद सिटौटाला समूहले एक प्रदेश सभापति जितेको छ । निर्वाचन समितिका अनुसार सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा देउवा समूहले जितेको छ । त्यस्तै, नेता पौडेल समूहले गण्डकी र लुम्बिनी सभापति जितेको छ ।

त्यसैगरी अर्का नेता कृष्णप्रसाद सिटौला समूहले प्रदेश नम्बर एकको सभापति जितेको छ । यहाँ पनि सभापति देउवा समूहले समर्थनमा जितेको हो । देउवाको समर्थन रहेका उद्धव थापा दुई मतले विजयी भएका छन् ।

निर्वाचन समितिका अनुसार सभापतिमा थापाले ८ सय ४४ मत र पौडेल समूहका गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका थिए । यहाँ देउवा र सिटौला समूहलाई पौडेल समूहले कडा चुनौती दिएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमर पुन विजयी भएका छन् । वाग्मती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । बानियाँले एक हजार ८५ र जगदीश्वर नरसिंह केसीले ९ सय २७ मत ल्याउनुभएको छ । सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् ।

आन्तरिक विवादका कारण प्रदेश-२ को अधिवेशन अन्योलमा परेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal