काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई ११९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
राप्रपाले मत परिणामको औपचरिक घोष गर्न बाँकी रहेपनि लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । त्यसैगरी ४३१ मत बदर भएको छ । बदर मत लिङ्देनको बढी रहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वतमान अध्यक्षमा कमल थापालाई चुनौती दिँदै राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका थिए ।
राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ ।
समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् । आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।