आज :

काँग्रेस महाधिवेशनः आज प्रदेश समितिको लागि निर्वाचन हुँदै, यी हुन् प्रदेश सभापतिका उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेसको आज प्रदेश समितिको निर्वाचन हुँदैछ । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश समितिको नयाँ नेतृत्वको लागि चुनाव हुन लागेको हो ।

सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहबीच प्रतिस्पर्धा हुन लागेको छ । नयाँ नेतृत्वको लागि शुक्रबार उम्मेदवारी दर्ता भएको थियो । तर आन्तरिक विवादका कारण प्रदश-२ मा भने हिजो उम्मेदवारी दर्ता हुन सकेन भने बाँकी ६ प्रदेशमा दुबै समूहले प्यानल बनाएरै उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार प्रदेश-१ मा संस्थापन र नेता कृष्णप्रसाद सिटौता समूह मिलेर चुनावमा गएका छन् । १ नम्बर प्रदेशमा सभापतिमा संस्थापन  पक्षले गुरु घिमिरेको प्यानललाई सहयोग गरेको छ । त्यस्तै पौडेल समूहले उद्धव थापाको नेतृत्वमा प्यानल बनाएको छ ।

वाग्मती प्रदेशको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । संस्थापन समूहबाट मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँ, वरिष्ठ पौडेल समूहबाट नुवाकोटका पूर्वसभापति जगदीश्वर नरसिंह केसी उम्मेदवार दिएका छन् । त्यस्तै नेता भीमसेनदास प्रधानले पनि प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् ।

गण्डकी प्रदेशमा संस्थापन समूहबाट प्रदेश सभापतिमा केन्द्रीय सदस्य अर्जुन जोशी र संस्थापन इतर समूहबाट शुक्रराज शर्माले उम्मेदवारी दिएका छन् । लुम्बिनी प्रदेश सभापतिका लागि सांसद भरत शाह र रोल्पा जिल्ला पूर्वसभापति अमरसिंह पुनबीच प्रतिस्पर्धा हुने भएको छ । शाह संस्थापन समूहका र पुन संस्थापन इतर समूहबाट प्रदेश सभापतिका उम्मेदवार बनेका हुन् ।

कर्णाली प्रदेशमा तीन जनाले सभापतिमा उम्मेदवारी दिएका छन् । कर्णालीमा नेता विमलेन्द्र निधि समूहले पनि सभापतिमा उम्मेदवारी दिएको छ । देउवा समूहबाट ललितजङ्ग शाही, पौडेल समूहबाट भूपेन्द्रजङ्ग शाही र निधि समूहबाट मोतीराज बमबीच सभापतिको लागि प्रतिस्पर्धा हुँदैछ ।

सुदूरपश्चिम प्रदेशमा संस्थापन समूहले केन्द्रीय सदस्य वीरबहादुर बलायर र पौडेल समूहले नारायण मिश्रलाई चुनावी मैदानमा उतारेको छ ।

प्रदेश-२ का केही जिल्लामा भने प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न नहुँदा कार्यतालिका अनुसार प्रदेश अधिवेशन हुन नसेकेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal