आज :

राप्रपा महाधिवेशनः अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुने पक्का, उपाध्यक्षमा ९ जना उम्मेदवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ अध्यक्षको लागि कमल थापा पूर्वमहामन्त्री राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । आज थापा र लिङ्देनले तामझामका साथ उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपाको एकता महाधिवेशनले नयाँ नतृत्य गर्दैछ । जारी महाधिवेशनमा आज उम्मेदवारी दर्ताको कार्यसूची थियो । नयाँ नेतृत्वको लागि भृकुटीमण्डस्थित राष्ट्रियसभा गृहमा निर्वाचन हुने भएको छ ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा ९ जनाले उम्मेदवारी दिएका छन् । जसमा रामचन्द्र राय, लिलादेवी श्रेष्ठ, रोशन कार्की, विक्रम पाण्डे, जगत प्रसाद गौचन, दिलविकास राजभण्डारी, दुर्गा श्रेष्ठ, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान गरेहका छन् ।

राप्रपाको नयाँ महामन्त्रीको लागि अभिनेत्री रेखा थापा, डा. धवल शमशेर राणा, कुन्ती कुमारी शाही, भास्कर भद्रा, भुवन पाठक, श्याम तिमल्सिनाले उम्मेदवारी दिएका छन् ।

थापा र लिङ्देनले प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । थापा प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र महिला उपाध्यक्षमा रोशन कार्कीले उम्मेदवार दिएका छन् । त्यस्तै थापा प्यानलबाटै महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन् ।

यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार रहेका छन् भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिएका छन् ।

विक्रम पाण्डे लिङ्देनतिर लागेपनि थापाले पनि आफ्नो प्यानलमा राखेका छन् । भोलि शनिबार मतदान हुँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal