आज :

काठमाडौंमा अखिल क्रान्तिकारीको अभियान सुरु, वैज्ञानिक शिक्षाको लागि जनमतसंग्रहको नारा

काठमाडौं । अखिल क्रान्तिकारीले काठमाडौंमा अभियान सुरु गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले उपत्यका विशेष क्षेत्र अन्तरगत तीनवटै जिल्लामा अभियान एक साथ सुरु गरेको छ ।

बुधबार नेपालटारस्थित ग्रामिण कलेजमा अभियानको उद्घाटन गरिएको हो । अखिल क्रान्तिकारीले ‘बैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसंग्रह’ भन्ने नारासाथ अभियान सुरु गरिएको छ । अभियानको क्रममा तीनवटै जिल्लाभित्रका शैक्षिक संस्थामा विद्यार्थी नेताहरु पुगेर आम नागरिकको पहुँचमा वैज्ञानिक शिक्षामा पुर्याउन वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक भएको र त्यसको लागि संघर्ष आवश्यक भएको कुरा लैजाने छन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज गोविन्द विष्टका अनुसार अभियान तीन महिनासम्म चल्नेछ । अखिल क्रान्तिकारीले राष्ट्रिय सम्मेलनपछि देशैभरी अभियान सुरु गरेको छ ।

उद्घाटन कार्यक्रममा संगठनका उपाध्यक्ष नरेन्द्र बिक, केन्द्रीय सदस्यहरु ललित बिक, गोविन्द विष्ट, तारा सन्ज्याल, लोकेश जोशीलगायतका विद्यार्थी नेता, नेकपाका तार्केश्वर नगर इन्चार्ज कुमार श्रेष्ठकोको पनि उपस्थिति रहेको थियो ।

उद्घाटनमा ग्रामिण र एनआर कलेजका साथै उपत्यका विभिन्न कलेजका विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal