आज :

एकीकृत समाजवादीका अध्यक्ष र नेकपाका सचिवालय सदस्य सुदर्शनबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्त पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ बीच भेटवार्ता भएको छ ।

बुधबा विहान भएको भेटवार्तामा नेकपा नेता सुदर्शनले अघिल्लो सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमित कार्यान्वयन, बन्दीको रिहाईमा सरकारले ढिलाई गरेको बताएका थिए । भेटवार्तामा सुदर्शनले तीन बुँदे सहमतिमा आफ्नो पार्टी इमान्दार भएपनि सरकार कार्यान्वयनमा ढिलाई गरेको बताएका थिए ।

जवाफमा अध्यक्ष नेपालले तीन बुँदे सहमित सरकारी तहमै भएकोले वर्तमान सरकारले कार्यान्वयन गर्नुमा आफ्नो धारणा रहेको बताए । यो विषयमा सत्ता आफूले छलफल गर्ने र बन्दी बनाईएका नेता कार्यकर्ता रिहाईको लागि पहल गर्ने बताएका थिए ।

साथै, अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि तीन बुँदे सहमति कार्यान्वयनको विषय कसरी अगाडि बढेको भन्ने जानकारी लिने र त्यसमा आवश्यक सहयोग गर्ने वचन दिएका थिए ।

भेटमा सहभागी नेकपा युवा नेता भीम चापागाईँका अनुसार नेपालको जनमत कम्युनिस्टको पक्षमा भएकोले राष्ट्रियता र जनजिविकका मुद्धामा दुबै पार्टीबीच सहकार्य गर्नुपर्नेमा दुबै नेता सहमत भएका छन् । त्यसको लागि भेट र छलफल जारी रख्ने दुबै नेता सहमत भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal