आज :

२० वर्षीय अनुशा माओवादीको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित, बनिन् सबैभन्दा कान्छी उपाध्यक्ष

ओखलढुंगा । यतिबेला सबै राजनीतिक पार्टीलाई आन्तरिक कामको चटारो छ । तीनै तहका निर्वाचन नजिकिँदै गर्दा राजनीतिक पार्टीलाई असार लागेझैं भएको छ ।

नेकपा एमाले र राप्रपाले राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र पनि तयारीमै छन् । अहिले राष्ट्रिय महाधिवेशन र सम्मेलन नभएका पार्टीले अभियान सुरु गरेका छन् ।

नेपाली राजनीति फेरि अस्थिरतातिर गएको भन्दै युवाहरुमा निरासा थपिने अनुमान गरिएकै छ तर युवा पुस्ता भने राजनीतिकप्रति भएको देखिन्छ । पार्टीको आन्तरिक पंक्ति र नागरिक पनि युवा पुस्तासँगै केही आशा गरेको देखिन्छ ।

पार्टीहरुले टोलदेखि गर्दै आएका भेला तथा सम्मेलनमा युवा पुस्ताको पनि सक्रिय सहभागिता देखिएको छ । राजनीतिक पार्टीका स्थानीय तहमा भएका निर्वाचनमा १९ देखि २० वर्ष उमेर समूहका युवा पस्ताको सहभागिता र नेतृत्वमा आएको सामाचार संचारमाध्यमले सम्प्रेशण गरेका थिए ।

यसैबीच ओखलढुंगामा नेकपा माओवादी केन्द्रमा पनि युवा पुस्ता नेतृत्वमा आएको छ । जिल्लाको चम्पादेवी गाउँपालिकाको गाउँपालिका स्तरिय पार्टी कमिटीको उपाध्यक्षमा २० वर्षीया अनुशा लुइँटेल सर्वसम्मत निर्वाचित भएकी छन् । सम्भवतः उनी माओवादी केन्द्रमा निर्वाचित कान्छी उपाध्यक्ष हुन् ।

युवा पुस्ता नेतृत्वमा पुग्नु भनेको राजनीतिमा यो पुस्ताको बाहुल्यता बढ्दै जानु पनि हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal