आज :

राप्रपाको महाधिशेनः अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा, रेखासहित प्रभावशाली नेता लेङ्देनको पक्षमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएपछि पहिलो एकता महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्ने तयारी भइरहेको छ ।

राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार महाधिवेशनको ११ः३० बजे उद्घाटन गर्ने कार्यसूची रहेको छ । तीन राप्रपा एकपछि नयाँ नेतृत्व चयन गर्ने गर्ने महाधिवेशन १७ गतेसम्म चल्नेछ ।

महाधिवेशनमा देश विदेशबाट गरी करिब ४ हजार ४ सय प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेन कुल १ सय ९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित एक सय ४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात ५२ जना नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।

महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन प्रतिस्पर्धामा छन् । एकतापछि तीन अध्यक्ष रहेको राप्रपामा डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले छोडेका छन् ।

लोहनीले लिङ्देनलाई र जबराले थापालाई समर्थन गरेका छन् । त्यस्तै लोकेन्द्रबहादुर चन्द पनि थापाकै पक्षमा उभिएका छन् । राप्रपाका एक्दा सांसद समेत रहेका लिङ्देनलाई युवा पुस्ताको साथ रहेको छ । चर्चित अभिनेत्री रेखा थापासहित राप्रपाका युवा नेताहरुले लिङ्देनलाई नेतृत्व दिँदै बुढा नेताहरुले बिदाई लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal