आज :

लेखराज भट्ट एमाले सचिवमा निर्वाचित, सचिवमा कसले कति पाए मत ?

काठमाडौँ । पूर्वमाओवादी नेता लेखराज भट्ट नेकपा (एमाले) को सचिवमा निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार भट्टले १७०४ मत ल्याएर निर्वाचित भएका छन् ।

त्यसैगरी भट्टसँगै पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी पनि विजयी भएका छन् । दुबै नेता ओलीले प्रस्ताव गरेका थिए तर एमाले नेता भीम आचार्य र टंक कार्कीले बागी उम्मेदवारी दिएपछि चुनाव भएको थियो ।

एमाले नेता गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल र रघुवीर महासेठ पनि निर्वाचित भएका छन् । सचिवमा सबैभन्दा धेरै मत विष्टले १९७६ मत पाएका छन् । त्यस्तै, योगेश भट्टराइले १९६४, टोपबहादुर रायमाझीले १७००, रघुवीर महासेठले १५१३ र छविलाल र पद्मा अर्यालले समान १८०० मत पाएका छन् ।

सचिवमा बागी उम्मेदवारी दिएका एमाले पुराना नेता आचार्य र कार्की भने पराजित भएका छन् ।

यसअघि उपाध्यक्षमा पूर्वमाओवादी नेता बादलसहित ओलीले प्रस्ताव गरेका पात्रले नै जितेका छन् । उपाध्यक्षमा पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ ले निर्वाचित हुनेमध्येमा सबैभन्दा कम १७६८ मत पाएर जितेका छन् ।

निर्वाचन समितिले औपचारिक रुपमा मत परिणामम सार्वजनिक नगरेपनि सबैभन्दा धेरै मत अष्टलक्ष्मी शाक्यले पाएकी छन् । शाक्यले १९७६ मत पाएकी छन् । जबकी २०९६ मत खसेको थियो ।

त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका नेता घनश्याम भुसालले भने ७२५ मत ल्याएर पराजति भएका छन् । ओली पक्षले प्यानल नै बनाए बाँडेको अवस्थामा पनि भुसालले पाएको मतलाई सम्मानजनक मानिएको छ ।

उपाध्यक्षमा भुसालले उम्मेदवारी दिएकै कारण चुनाव भएको थियो । ओलीले पदाधिकारीमा नाम नपारेपछि भुसालले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal