आज :

बादल एमाले उपाध्यक्षमा निर्वाचित, घनश्यम भुसाललाई सम्मानजनक मत

काठमाडौं । नेकपा (एमाले) को उपाध्यक्षमा पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन् । उनले निर्वाचित हुनेमध्येमा सबैभन्दा कम १७६८ मत पाएका छन् ।

निर्वाचन समितिले औपचारिक रुपमा मत परिणामम सार्वजनिक नगरेपनि सबैभन्दा धेरै मत अष्टलक्ष्मी शाक्यले पाएकी छन् । शाक्यले १९७६ मत पाएकी छन् । जबकी २०९६ मत खसेको थियो ।

त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका नेता घनश्याम भुसालले भने ७२५ मत ल्याएर पराजति भएका छन् । ओली पक्षले प्यानल नै बनाए बाँडेको अवस्थामा पनि भुसालले पाएको मतलाई सम्मानजनक मानिएको छ ।

उपाध्यक्षमा भुसालले उम्मेदवारी दिएकै कारण चुनाव भएको थियो । ओलीले पदाधिकारीमा नाम नपारेपछि भुसालले उम्मेदवारी दिएका थिए ।

सचिवमा भएको मतदानको परिणाम सार्वजनिक हुन सकेको छैन । ७ सचिवमा ९ जनाले उम्मेदवारी दिएका छन् । सचिवमा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी र लेखराज भट्ट चुनावी मैदानमा छन् ।

चुनावमाको अन्तिममा ओलीले पक्षले आचारसंहित विपरित प्यानल बनाएर प्रतिनिधिलाई बाँडेपछि प्रस्ताव गरिएका सबै नेताहरु विजयी हुने देखिएको छ । आफू निकट कार्यकर्तालाई ओली पक्षले प्यानलमा भोट हाल्न ह्वीव नै लगाएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal