
काठमाडौं । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । भरखरै सम्पन्न मतगणना अनुसार ओलीले १८०८ मत ल्याएर विजयी भएका हुन् ।
ओली एमाले अध्यक्षमा दोस्रो पटक विजयी भएका हुन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा ओलीसँग प्रतिस्पर्धामा रहेका नेता भीम रावल पराजित भएका छन् । रावलले २२३ मत ल्याएको एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले जानकारी दिए ।
ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।
एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।