आज :

प्रचण्ड र सुदर्शनबीच भेटवार्ताः तीन बुँदे सहमति कार्यान्वयन गर्न पहल गर्छुः प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ बीच भेटवार्ता भएको छ । सोमबार भएको भेटवार्तामा सुदर्शनले आफ्नो पार्टी र अघिल्लो सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारेमा छलफल भएको छ ।

भेटमा नेता सुदर्शनले तीन बुँदे सहमति गरेको यतिको समय भईसक्दा पनि सरकारले चाँसो नदेखिएको भन्दै प्रचण्डलाई पहल गर्न आग्रह गरेका थिए । सहमति कार्यान्वयन नहुँदा बन्दी नेता कार्यकर्ताहरु रिहाई हुन नसकेको र आम जनतामा सरकार ईमान्दार नभएको भन्ने प्रभाव पर्न थालेको सुदर्शनले बताएका थिए ।

जवाफमा अध्यक्ष प्रचण्डले सरकारले तीन बुँदे सहमित कार्यान्वयन गर्नुपर्नेमा आफू सहमत रहेको बताए । त्यसको लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताउँदै प्रचण्डले चाँडो प्रक्रिया अगाडि बढाउन पहल गर्ने बताए । “तीन बुँदे सहमति सरकारले कार्यान्वयन गर्नुपर्छ । प्रक्रिया कहाँ पुगेको छ, प्रधानमन्त्रीजीसँग पनि कुरा गर्छु र जेलमा रहेका सम्पूर्ण बन्दी साथीहरु रिहाईको लागि पहल गर्छु” प्रचण्डले भेटमा भने ।

भेटमा सहभागी नेकपाका युवा नेता भीम चापागाईका अनुसार दुबै नेता राष्ट्रिय राजनीति र जनताका अधिकार पूरा गर्ने जिम्मा माओवादीहरुको काँधमा आएको विषयमा एकमत भएका थिए । माओवादीहरु राष्ट्रियता र जनजिविकाका सवालमा सहकार्य गर्दै अगाडि बढ्नु पर्नेमा दुबै नेताले जोड दिएका थिए ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष र नेकपाका महासचिव विप्लवबीच पनि केही दिन पहिले भेटवार्ता भएको थियो । भेटमा दुबै पार्टीबीच सहकार्यलाई अगाडि बढाउने सहमति भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal