आज :

वरिष्ठ उपाध्यक्षसहित ओली खेमाका दर्जन नेता निर्विरोध निर्वाचित, पूर्वमाओवादी नेता असुरक्षित

काठमाडौँ । नेकपा (एमाले) को जारी महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढिरहेको छ । मतदान हुने समय निश्चित भएनसकेपनि निर्वाचन समितिले भने प्रारम्भिक उम्मेदवारको नामवाली प्रकाशित गरेको छ ।

अहिलेसम्म दर्जन नेताहरु निर्विरोध निर्वाचित भइसकेका छन् । अधिकंश नेताहरु ओली खेमाकै छन् । वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङ, महासचिवमा शंकर पोखरेले पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यसैगरी ६ जना केन्द्रीय सदस्य पनि निर्वाचित भइसकेका छन् भने बाँकी चुनावी मैदानमा छन् । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै ६ जना उपाध्यक्षमा ७ जना मैदानमा उत्रिएका छन् । ओलीले पदाधिकारीको लिष्टमा नसमेटेका घनश्याम भुसालले उम्मेदवारी दिएपछि उपाध्यक्षको चुनाव हुने भएको हो ।

उपाध्यक्षको चुनावी मैदानमा पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ पनि छन् । सबै एमाले नेताहरुसँग माओवादी खेमाको तर्फबाट एक्लै प्रतिस्पर्धामा बादल छन् । माओवादीबाट एमाले प्रवेश गरेपछि बादलले यसपहिले एक पटक चुनाव हारिसकेका छन् । राष्ट्रियसभा निर्वाचनमा बादल एकीकृत समाजवादीको नेता खिमलाल देवकोटासँग पराजित भइसकेका छन् ।

उपाध्यक्षमा बादलबाहेक एमालेका सबै पुराना र पाका तथा प्रभावशाली नेता छन् । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, बादल, विष्णु पौडेल, सुवास नेम्वाङ र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुँदैछ । यी एमाले हस्तीमध्ये एकलाई हराएमात्रै बादलले आफ्नो पद सुरक्षित गर्न सक्नेछन् । सांगठानिक रुपमा भुसाल अलि कमजोर उम्मेदवार भएपनि एमाले सेन्टिमेन्टका कारण बादलभन्दा उनलाई बढी भोट ल्याउने अनुमान प्रतिनिधिहरुको छ ।

त्यसैगरी ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । पूर्वमाओवादीबाट सचिवमा दुई जना टोपबहादुर रायमाझी र लेखराज भट्ट मैदानमा छन् । त्यस्तै एमालेबाट रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, भीम आचार्य, टंक कार्कीले योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । सचिवमा पनि एमालेका हस्ती नै छन् ।

सचिवमा पनि पूर्वमाओवादी खेपाका रायमाझी र भट्ट कमजोर उम्मेदवार मानिएका छन् । ओलीले कार्यकर्तालाई विशेष निर्देशन नगरे तीनै जना पूर्वमाओवादी नेताले चुनाव हार्ने चुनावअघि गरिएका सर्वेक्षणले देखाएको छ । प्रतिनिधिमा पनि पूर्वमाओवादी नेतासँगै गएका थोरै नेतामात्र चुनिएका छन् । एमाले कार्यकर्ताले माओवादीलाई भोट नहाल्ने अनुमान गरिएको छ । तीन जना पूर्वमाओवादी नेताको जित र हार ओलीको निर्भर रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal