
काठमाडौँ । नेकपा (एमाले) को जारी महाधिवेशनको चुनावी मैदानमा थप दुई नेता उत्रेका छन् । निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले तयार गरेको पदाधिकारीमा नाम नपरेका निवर्तमान उपमहासचिव घनश्याम भुसाल र भीम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।
ओलीले सर्वसम्मत नेतृत्व चयन भन्दै तयार पारेको सूचीमा एमालेका यी दुई पुराना र प्रभावशाली नेताको नाम थिएन । ओलीले पदाधिकारीमा नाम समेटेपछि असन्तुष्ट बनेका भुसालले उपाध्यक्षमा र आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन् ।
त्यसैपनि पदाधिकारीमा नाम नपरेपछि उसै नपर्ने उसै नपर्ने तर चुनावमा गएरै छोड्ने निष्कर्षसहित दुबै नेताले उम्मेदवारी दिएका छन् ।
कोरोना भाइरस संक्रमणको उपचारका गराइरहेका आचार्यले आफ्नो नाम पदाधिकारीमा नपरेको थाहा पाएपछि आफै मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी ओलीले भुसाललाई पनि पदाधिकारीमा समेटेनन् । महासचिवमा नभएपनि उपाध्यक्षमा नाम आउने ढुक्क भएर बसेका भिए भुसाल । तर, नाम नआएपछि चुनावी लडेर कार्यकर्तासँग आफ्ना कुरा राख्ने निष्कर्षमा पुगेका थिए ।